FAQs Complain Problems

अनुशिक्षण कार्यक्रम सम्पन्न

अनुशिक्षण कार्यक्रम सम्पन्न:

हेटौंडा उपमहानगरपालिका न्यायिक समितिले मिति २०७५/५/१ र २ गते आफ्नो जनप्रतिनिधिहरु एबं कार्मचारीहरूलाई लाई मुलुकि देवानि समहिता, फौजदारि संहिता र न्यायिक समितिको अबधारणा बिषयक २ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।यहि भाद्र १ गते देखी लागु भएको मुलुकि देवानि संहिता, फौजदारि संहिता लगायतका कानुनहरुको अधिवक्ता बाबुराम दाहाल, प्रदेश मुख्यमन्त्रि कार्यालयका सचिब ईन्दिरा दाहाल र न.पा.का कानुनी सल्लाहाकार अधिवक्ता मुकुन्द अधिकारीले अनुशिक्षण गराउनु भएको थियो। कार्यक्रममा नगर प्रमुख श्री हरिबाहादुर महतज्यूले लागु भएको ऐनबारे सबैले जानकारी लिई स्थानीय स्तरमा त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताउनु भयो। कार्यक्रममा न्यायिक समितिका संयोजक तथा उपप्रमुख श्री मिनाकुमारी लामाज्यूले न्यायिक क्षेत्रधिकार अनुसार समाजमा घटेका सा-साना समस्याहरुसमेत सुक्षम रुपबाट केलाई मेलमिलाप केन्द्रको सहयोगमा न्यायिक समितिका क्रियाकलापहरु अगाडि बढाउदै लैजाने बताउनु भयो।