FAQs Complain Problems

दोश्रो नगरसभा उद्घाटन

आज मिति २०७४ फाल्गुन ०६ गते यस हेटौंडा उपमहानगरपालिकाको दोश्रो नगर सभा सुरुभएको छ।माननिय मुख्यमन्त्री श्री डोरमणी पौडेलज्यूले उद्घाटन गर्नुभएको कार्यक्रमको अध्यक्षता  हेटौंडा उपमहानगरपालिकाका प्रमुख श्री हरिबहादुर महतज्यूले गर्नु भएको थियो। कार्यक्रममा नगरपालिकाका उपप्रमुख श्री मिना कुमारी लामाबाट मस्यौदा बिधेयक तथा संशोधित बजेट सम्बन्धि संक्षिप्त प्रस्तुति गर्नु भएको थियो जस अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको  कृषि ब्यबसाय प्रवर्द्धन बिधेयक २०७४, उपमहानगरपालिकाको  सहकाररि बिधेयक २०७४, उपमहानगरपालिकाको  न्ययिक समिति कार्यबिधि बिधेयक २०७४, उपमहानगरपालिकाको  शिक्षा बिधेयक २०७४ र उपमहानगरपालिकाको  आर्थिक कार्यविधि नियमित तथा  ब्यबस्थित गर्न बनेको बिधेयक २०७४ पेस भएको छ। सभा सदस्यहरुले आज र भोलि पेस भएका बिधेयक हरू अध्ययन गरि मिति २०७४ फाल्गुन ८ गते पुन: बस्ने बैठकमा आ-आफ्नो राय पेश गर्नुहुने छ।

प्रस्तुत मस्यौदा बिधेयक तथा संशोधित बजेट सम्बन्धि संक्षिप्त:

Supporting Documents: